बैशाख १७, २०८१, सोमबार
               

अचम्मको ठगी : रङ लगाएर बोइलरलाई बनाइयो लोकल
१० रुपैयाँमा चल्ला किनेर तीन सयमा बिक्री

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

ठगीका घटना भइरहेका हुन्छन् । कसैलाई ठग्ने वा कसैबाट गलत फाइदा उठाउने उद्देश्य राखी जानाजान गरिएका धेरै ठगीहरू हामीले सुनिराखेका हुन्छौँ । लेनदेनमा ठगी, वैदेशिक रोजगारीमा ठगी, व्यापार व्यवसायमा ठगी, सोझा सिधा मानिस ठग्ने घटना ठगीका सामान्य उदाहरण हुन् । कानुनी दृष्टिमा यसखाले क्रियाकलापलाई अपराध मानिन्छ । 

मंगलबार काठमाडौंमा सामान्य मानिने अचम्मको ठगीको पर्दाफास भएको छ । हास्य फिल्ममा देखाइनै सिनजस्तै ठगीको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको ठगीधन्दा थियो १० रुपैयाँमा बोइलर चल्ला किनेर तीन सयमा बेच्नु । 

तर, यस बीचमा त्यस गिरोहले अचम्मका काम गर्थे । एउटै चल्लाको लागि दुई सय ९० रुपैयाँ नाफा खानको लागि उनीहरूले अपत्यारिलो हर्कत गर्दै आएका थिए । उनीहरूले सेतो रंङको बोइलर कुखुराको चल्लालाई मेहन्दी दलेर कालो रंङको चल्ला बनाउँथे । र, सो चल्ला लोकल कुखुराको भएको बताउँदै २९ सय प्रतिशत बढी मूल्यमा बेच्थे ।

यसरी, बोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल कुखुरा भनेर बेच्ने गिरोहका तीन महिलासहित एक पुरुषलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । वृत्तले रंङ लगाएर बेच्न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रङ लगाउने तयारी अवस्थामा राखिएका २४ हजार नौ सय ५० चल्लासहित उनीहरु पक्राउ परेका हुन् । 

वृत्तका अनुसार चितवनबाट ल्याइएका चल्लालाई कृत्रिम रङ दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट प्रयोग भइसकेका दर्जनौँ मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दी  बरामद गरेको छ ।

कल्कीस्थित प्रेमसिला देवीको फार्ममा रहेको अन्दाजी १० हजार चल्लामध्ये १५ सय चल्ला र वकिल खानको सप्लायर्समा रहेको पाँच हजार चल्लामध्ये तीन सय चल्ला रंग लगाएको अवस्थामा फेला पारेको हो । त्यस्तै, सुमित्रा जैसवालको ४५ सय चल्लामध्ये एक सय ५० रङ परिवर्तन गरिएको र चन्दादेवी साहका दुई हजार चल्लामध्ये पाँच सय चल्लाको रङ परिवर्तन गर्ने तयारी गरिएको अवस्थामा बरामद गरिएको हो । त्यस्तै, प्रहरीले पूरा नाम नखुलिसकेको, तर गुन्जा भनिने व्यक्तिको साथबाट रङ परिवर्तन गरिएका १७ सय चल्ला पनि बरामद गरेको छ ।

वृत्तका डिएसपी अपिलराज बोहराले ठगीको अनौठो प्रवृत्तिको सूचनाका आधारमा छापा मारिएको र टोलीको सम्पर्कमा अन्य व्यक्ति पनि छन् कि भनेर खोजी जारी राखिएको बताए ।


कस्तो लाग्यो ?

यो पनि