जेठ ०४, २०८१, शुक्रबार
               

मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान (मंगलबार) सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ । 

सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । 

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए ।

तस्करले प्रयोग गरेको को२९प १४८७ नं को मोटरसाइकलसमेत बरामद भएको उनले बताए । 

बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि