असोज ०६, २०८१, आइतबार
               

त्रिशूलीमा दुई जना बेपत्ता

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

धादिङ । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ३ मुरियाघाट बस्ने १७ वर्षीय अर्जुन मिजार र वडा नम्बर १ पिठान बगर बस्ने १६ वर्षीय भोपेन्द्र श्रेष्ठ त्रिशुली नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अर्जुन मिजार सोमबार दिउँसो २ बजेतिर बेल्खुस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् । 

भोपेन्द्र श्रेष्ठ भने धादिङ र नुवाकोटको सिमाना कोल्फुटारस्थित त्रिशूलीमा सोही दिन दिउँसो बालुवा चाल्ने क्रममा वेपत्ता भएका हुने । 

उनीहरु दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि