जेठ ०५, २०८१, शनिबार
               

बुबाको ऋणका कारण छोराले गरे हत्या

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिला हत्या अभियोगमा ४ जना पक्राउ गरी अनुसन्धान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार गढीमाई नगरपालिका–३ का ४० वर्षीय जमसैद मियाँ, ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय जहरुदिन मियाँ र महम्मद ईसराफुल मियाँलाई हत्या गरेको आरोपमा आज पक्राउ गरेको हो । 

गत भदौ १४ गते गढीमाई नगरपालिका–३ मुसरी बस्ने ३५ वर्षीया मिन्त्रादेवि वैठालाई घाँस काट्न गएको अवस्थामा कवारीको उखुबारीमा घाँटी कसी हत्या गरेका अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार अभियुक्त जमसैद मियाँले लेनदेनको कारण अन्य अभियुक्तकाे सहयोग लिई हत्या गरेको स्वीकार गरिसकेका छन् । 

अभियुक्त जमसैद मियाँको बुबा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसकेपछि उत्पन्न विवादका कारण हत्याकाे योजना बनाएकाे देखिन्छ । बुबाले ऋण तिर्न नसकेपछि जग्गा पास गरिदिएको र उक्त जग्गा पास बदरकाे माग गर्दै जमसैद मियाँले अदालतमा मुद्दा पेश गरेका थिए । तर अदालतले उसको पक्षमा फैसला नगरेपछि मियाँले भोगलचन गर्न नदिई पटक पटक धम्की दिँदै आएको र अन्त्यमा हत्या गरिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि