असोज ०६, २०८१, आइतबार
               

यातायातमन्त्रीलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम : भाडा वृद्धि खारेज नगरे आन्दोलन

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । विभिन्न १३ विद्यार्थी संगठनले पछिल्लोपटकको भाडावृद्धि फिर्ता गर्न माग गरेको छ ।

बुधबार साँझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई उक्त मागपत्र बुझाएको नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए ।

विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नसमेत विद्यार्थी संगठनहरुको माग रहेको छ ।

त्यसैगरी, जथाभावी चर्को भाडा असुल्ने सार्वजनिक यातायातलाई कारवाही गर्नुपर्ने, हवाइजहाजमा पूर्ण क्षमतामा यात्रुहरु राख्न दिने तर सार्वजनिक बसहरुमा क्षमताभन्दा आधा मात्र यात्रु राख्ने भने विभेदपूर्ण निर्णयको औचित्य साबित गरिनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटमसहितको मागपत्र मन्त्रीलाई बुझाएको तिमल्सिनाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि