मंसिर ०६, २०८१, बिहीबार
               

काठमाडौंका सिडिओ र प्रहरी प्रमुखले दबाउन खोजेको भन्दै डा. केसीका समर्थकले दिए मानव अधिकार आयोगमा उजुरी

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रदर्शनका क्रममा बल प्रयोग गरेको र पक्राउ परेकालाई बिनाकारण बन्दी बनाइरहेको भन्दै डा. गोविन्द केसीका समर्थकले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहाल र जिल्लाका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी गरेका छन् ।

प्रितम सुवेदी, पुकार बम, सचिन तिमल्सिनालगायतले सोमबार आयोगमा उजुरी दर्ता गरेका हुन् ।

शनिबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनको कार्यक्रममा प्रहरीले भेला भएलगत्तै नियन्त्रणमा लिएर बलजफ्ती गाडीमा राखेको, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन नगरेको र पक्राउ परेकालाई बन्दी बनाई राखेको आरोप उनीहरुले लगाएका छन् ।

बिना हातहतियार भेला हुन पाउने मानव अधिकारको उल्लंघन भएको भन्दै दोषी दाहाल र ज्ञवालीलाई कारबाही गर्न उनीहरुको माग छ ।


कस्तो लाग्यो ?

यो पनि