मंसिर ०७, २०८१, शुक्रबार
               

ठूलो परिमाणमा अवैध काठ बरामद

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो ।

सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । 

उनका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–४ बस्ने निरज गुप्ताले भन्सार छली गरी ल्याएको अन्दाजी २६ हजार बराबरको १३० किलो मिठाइ जफत गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।


कस्तो लाग्यो ?

यो पनि