मंसिर ०७, २०८१, शुक्रबार
               

चित्लाङ-थानकोट सडक सञ्चालनमा

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

अविरल वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ–थानकोट सडक खुलेको छ । 

गत बुधबारदेखि अवरुद्ध  सडकका ठाउँ-ठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो । 

अहिले सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ  । 

सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौं जान समस्या भएको थियो । 

समस्या सुल्झाउने क्रममा काठमाडौंका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि