मंसिर ०७, २०८१, शुक्रबार
               

नगर प्रहरी प्रमुख हाछेथुको अर्को एक्सन, फुटपाथ पसल निषेध

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । 

ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य  अघि बढाएको जनाएको हो ।

कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । 

उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौँ ।” 

महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाछेथुको भनाइ छ । 

फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले बताए । 

यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ । 

यसअघि हाछेथुले ललितपुर महानगरभित्र पसल-कबल लिएर फुटपाथमा समान थुपर्ने (ग्यारेज सञ्चालन गर्ने) विरुद्ध कारवाही अभियान सुरु गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि