बैशाख २१, २०८१, शुक्रबार
               

तीन एसिड आक्रमणपीडितलाई कुमारी बैंकले दियो रोजगार

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं  । एसिड आक्रमण पीडित चार जनाले रोजगार पाएका छन्  । एसिड आक्रमणका तीन युवतीले कुमारी बैंकमा र एक पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा रोजगार पाएका हुन् । 

कुमारी बैंकले एसिडपीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको छ भने महान्याधीवक्ता कार्यालयले एसिडपीडित नुवाकोटका रामराजा थापालाई रोजगारको व्यवस्था गरेको हो । 

 तीनैजनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिलाएको एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता उज्ज्वलबिक्रम थापाले जानकारी दिए ।

असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने छ,’उनले भने ।


कस्तो लाग्यो ?

यो पनि