काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले अइतबार (आज) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार विभिन्न प्रदेश र जिल्लाहरुमा सामान्य बदली रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरु तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । यसैगरी राती पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरु तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।