असोज ०६, २०८१, आइतबार
               

हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा संयुक्त रक्तदान

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न काठमाडौँमा रक्तदान गरिएको छ । लकडाउन र निषेधाज्ञाका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि काठमाडौंको हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएको छ । महामारीको समयमा भाैतिक दूरी कायम राखेर क्लबले रक्तदान कार्यक्रम गरेको हो ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सो संस्थाले शनिबार रक्तदान कार्यक्रम गरेको हो ।  काठमाडौँं महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित ढुंगेधाराको प्राङ्गणमा आयोजित कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् । यस संस्थाले वार्षिकरुपमा कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक हाम्रो सोचका अध्यक्ष विजय कर्माचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेका यस्तो परिस्थितिमा रगतको अभाव हुन नदिन रक्तदानजस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे ।

उनले ‘रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।’

१७अाै  रक्तदान कार्यक्रममा बोल्दै हाम्रो सोचका अध्यक्ष विजय कर्माचार्यले वार्षिक रुपमा हुँदै आएको यस कार्यक्रमलाई रगत अभाव भएको अवस्थामा जुनसुकै बेलामा पनि निरन्तरता दिन सकिने बताए । उनले युवालाई सामाजिक कार्यमा तुरुन्तै परिचालन गर्न सकिने हुनाले रगत अभाव भएको खण्डमा फेरि कार्यक्रमको आयोजना गर्न सकिने बताए ।

 यसैगरी,  लायन्स अफ क्लब काठमाडाैं मोडेलका अध्यक्ष अनिल शिवाकोटीले संङ्क्रमणको समयमा आफूहरुले नियमित रक्तदान कार्यक्रम गर्दै आएको र विभिन्न समयमा टोल सरसफाइ, लकडाउनकको समयमा भोकाहरुलाई खाना खुवाउने जस्ता थुप्रै प्रशंसनिय कामहरु गर्दै आएको उनले बताए ।  

 


कस्तो लाग्यो ?

यो पनि