तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा आज (शनिबार) बिहान मृत्यु भएको परिवारले जानकारी दिएको छ । उनी दीर्घरोगबाट ग्रसित थिए ।
उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि गत भदौ १४ गते बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।
वडाध्यक्ष खरविन्दको मृत्युप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।