जेठ ०५, २०८१, शनिबार
               

डा. गोविन्द केसीको जीवन रक्षा गरियोस् : आयोग

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै आएका अनसनरत डा केसीको जीवन रक्षाको माग गर्दै आयोगले शुक्रबार सरकारसँग यस्तो आग्रह गरेको हो । 

आयोगले चिकित्सा शिक्षाजस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ । डा. केसीसँग विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले आग्रह गरेको छ । ‘आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दछ,’ सो विज्ञप्तिमा भनिएको छ । 

चिकित्सा शिक्षा सुधारका लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार  उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम छ ।

यो पनि