असोज ०६, २०८१, आइतबार
               

भारतीय सीमा क्षेत्रका स्थानीय घर बनाउनबाट वञ्चित

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवार घर निर्माणबाट वञ्चित भएका छन् । भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवार घर निर्माणबाट वञ्चित भएका हुन् । 

भारतीय सीमा क्षेत्रनजिकै वर्षौदेखि बसोवास गर्दै आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अवरोध गरेको हो ।

सरकारले पुनर्स्थापना कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रकमबाट घर बनाउन खोज्दा भारतीय सुरक्षा बलले अवरोध गरेपछि उनीहरु करिब दुई वर्षदेखि घर निर्माणस्थलमा प्लाष्टिकको छानो हालेर बस्न बाध्य छन् । 

भारतीय सुुरक्षाकर्मीले अवरोध गरेपछि घर बनाउनुको सट्टा पलाष्टिकको छानो हालेर बस्नुपरेको उनीहरुको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि