कात्तिक ०२, २०८१, शुक्रबार
               

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेसनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुने भएका छन् । 

छापा माध्यमकाे तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमको तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको रोटरीले एक विज्ञप्ति जार्दै जानकारी दिएको छ । 

रोटरीले वर्ष सन् २०१९/२० का लागि स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु प्रोत्साहन गर्ने उद्देश्यले जनही पाँच लाखका दरले सो पुरस्कार प्रदान लागेको हो । 

प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने पुरस्कार इञ्जिनियर सुरेन्द्र गोविन्द जोशीले आफ्नो र श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् ।

उनी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष पनि हुनु । ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार वर्ष सन् २०१९/२० का लागि प्रत्येक प्रदेशका एक/ एक जना गरी सात पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले बताए । सो पुरस्कारको राशी जनही २५ हजार छ ।

सो अवार्डबाट आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका वन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल पुरस्कृत हुने भएका छन् ।ऽ 

प्रदेशअन्तर्गत विनु तिमिल्सिना, श्याम बन्जारा, कमला हमाल, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी आचार्य, भीमबहादुर सिंह र उन्नति चौधरीलाई प्रदान गरिने  रोटरी इन्टरनेसनलले  जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि