मंसिर ०७, २०८१, शुक्रबार
               

भरतपुर अस्पताल डुबानमा

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

भरतपुर अस्पताल डुबानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुबानमा परेको हो । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्‍यायो भन्ने एकिन हुन नसकेको उनले बताए । 

अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुबानको समस्या हुने भए पनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन । 

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेकाे बताए । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । 

वर्षेनी सो क्षेत्रमा डुबानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ । अधिकारीका अनुसार करिब १२ करोड खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ । 
अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुबानमा परेका छन् । भतरतपुर महानगरपालिका वडा नं. १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि