मंसिर ०७, २०८१, शुक्रबार
               

लगातारको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

तीन दिनदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ ।  देशका  काठमाडौं उपत्यकाका केही स्थानमा बाढी आउनुका साथै अधिकांश सडक जलमग्न भएका छन् । विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुबानको समस्या निम्त्याएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ ।

भक्तपुर, ललितपुर को पाटन, तथा काठमाडौंको सतुंगल, बालकुमारी, थानकोट, कलंकी, कुलेश्वर, बल्खु लगायत क्षेत्रमा डुबानले जनजीवन अस्तव्यस्त पार्नुका साथै केही क्षति भएको छ ।

विशेषगरी बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा र अन्य खोलाको बाढीले आसपासका क्षेत्र डुबानमा परेको छ । अन्य भागमा पनि सामान्य असर पारेको छ। विगतमा बाढी आउने हनुमन्ते खोलाको सहत बढेको छ ।

केही वर्ष अघिसम्म उपत्यकामा सामान्य वर्षा हुँदा जमल, पुतलीसडकतिर केहीबेर भेल बग्थ्यो । तर यस बर्ष भने प्रभावित भएको छैन । अरु बजार क्षेत्र भने डुबानमा परेको छ ।

पानी निकासका लागि ढल तथा नालाहरूको राम्रो प्रबन्ध नभएकोले मध्यम वर्षामा पनि काठमाडौं उपत्यकाका शहरीका केही ठाउँमा पानी जमेको छ। पानी नसोसिउञ्जेल जनजीवन अस्तव्यस्त बन्ने गर्छ ।


कस्तो लाग्यो ?

यो पनि