असोज ०६, २०८१, आइतबार
               

दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

दाङ । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित ६ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका छन् ।

त्यसैगरी, दुर्घटनामा पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुरका प्रकाश वली घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमत खड्काले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि