असोज ०६, २०८१, आइतबार
               

ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाइएको छ । जिल्लाको सिरीजंघा गाउँपालिका– ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका हुन् ।

ती घाइते हुने सबैको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र घाँटीमा बाम्फोक प्रहार गरेका हुन् ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको र जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको बताइएको छ । बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खोजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । 


कस्तो लाग्यो ?

यो पनि