असोज ०६, २०८१, आइतबार
               

घरमै विद्यालय, मोबाइलमै कक्षाकोठा
आवश्यकताले जन्माएको उपाय - भर्चुअल क्लास

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

भनिन्छ नि आवश्यकताले नै उपायहरू जन्मन्छन् । धेरै निजी विद्यालयले अनलाइन क्लास चलाइरहेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न घरबाहिर ननिस्कन आग्रह गरिएसँगै सबैको जनजीवन प्रभावित बनेको छ । सबैको दैनिकी प्रभावित भएको छ । सबै जना आ–आफ्नो घर वा डेराको चौघेराभित्र बस्नुपरेको छ ।

दिन प्रतिदिन बढिरहेको कोरोना संक्रमण त्रास त छँदै छ । अभिभावकहरूलाई अर्को चिन्ता पनि थपिएको छ । शैक्षिक सत्र खेर जाला कि ? वा घरमै बस्दा बस्दा आफ्ना छोराछोरीले पढ्न नै बिर्सने पो हुन् कि ? लामो लकडाउन र निषेधाज्ञा सकिएको छ । भिडभाड हुने स्थलहरू अझै बन्द गरिएको छ । 

विद्यालय तहमा एक शैक्षिक वर्षमा १९० दिन पठनपाठन हुन्छ । तर, आधा अवधि पाँच महिना यत्तिकै बितिसक्यो । नियमित पठनपाठन कहिले सुरु हुन्छ, अझै यकिन छैन  । यही बेला धेरै दिनसम्म मनाइने ठूला चाडहरू आउँदै छन् ।

यस्तो अवस्थामा सर्वत्र एउटै प्रश्न छ, ‘पूरै पढाइ हुने गरी शैक्षिक सत्र चल्न अब कति सम्भव छ ?’ कतिपय विज्ञ चिन्ता गर्छन्, सरकारले कोभिड–१९ लाई सामना गरेर जाने स्पष्ट खाका ल्याउन नसके शैक्षिक सत्र खारेज हुन सक्छ । तर, त्यस्तो अवस्थामा पुग्नु आत्मघाती हुनेछ ।

तर, भनिन्छ नि आवश्यकताले नै उपायहरू जन्मन्छन् । धेरै निजी विद्यालयले अनलाइन क्लास चलाइरहेको छ । उनीहरूले लकडाउन देखि नै नियमित रुपमा अनलाइनमार्फत  विद्यार्थीलाई पढाइ रहेका छन् । पहिलो चरणको लकडाउनदेखि नै अनलाइन क्लासको सुरुवात गर्ने थोरै विद्यालयमध्ये बृहस्पति विद्या सदन पनि एक हो । उसले आजसम्म पनि अनलाइन कक्षालाई निरन्तरता दिँदै आएको छ । 

स्कुल जान नपाएर के भयो र अहिले विद्यार्थीहरू घर बसेर नै अध्ययनमा व्यस्त छन् । जसबाट विद्यार्थीले घर बसेर नै शिक्षा हासिल गर्न सकिरहेका छन् । सरकारी योजनाविहीनता र अकर्मण्यताको सिकार करिब ६० लाख सामुदायिक विद्यालयका विद्यार्थीको भविष्य बन्दैगर्दा निजी विद्यालयले भने धमाधम नियमित रुपमा कक्षा संञ्चालन गरिरहेका छन् ।

सरकारी योजनाविहीनता र अकर्मण्यताको सिकार करिब ६० लाख सामुदायिक विद्यालयका विद्यार्थीको भविष्य बन्दैगर्दा निजी विद्यालयले भने धमाधम नियमित रुपमा कक्षा संञ्चालन गरिरहेका छन् ।

निजी विद्यालयहरूलाई महँगो शुल्क मात्र लिने तर बच्चाको भविष्यमा खासै ध्यान नदिने आरोप लाग्दै आएको थियो । तर, अनलाइन कक्षाले त्यो आरोपलाई मेट्ने काम गरेको विद्यालय संञ्चालकहरु बताउँछन् । बृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापा भन्छन् ‘ अनलाइन क्लास चलाउनेमा हामी अग्रपङ्तिमा आउँछौँ, वैशाख ८ गतेदेखि नै अनलाइन सिकाई प्रणाली चलाएका हौँ, सरकारले विद्यालय खोल्ने निर्णय नगरेसम्म यो शैक्षिक प्रणालीलाई हामी निरन्तरता दिनेछौँ ।’

कुमार थापा, प्रिन्सिपल,बृहस्पति विद्या सदनसरकारले केही समयअघि अनलाइन क्लासको शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको थियो । तर, एक महिनायता शुल्क लिन सक्ने निर्णय गरेको थियो । तर बृहस्पति विद्या सदनले शुल्क तिर्न नसक्ने विद्यार्थीलाई सहुलियत दिने भनेको छ। 

अहिलेसम्म सुरुवातको समयमा ९० - ९५ प्रतिशत विद्यार्थी अनलाइनमा पढ्दै आएका र अहिले करिब शतप्रतिशत नै विद्यार्थी सम्पर्कमा आएका  प्रिन्सिपल थापा बताउँछन् । केही समयअघि निजी विद्यालयले सरकारको निर्देशन विपरीत अनलाइन क्लासको शुल्क लिएको भन्दै आलोचना भएको थियो ।

‘प्रविधिको प्रयोग गरेर अझ बढी सिक्न सकुन् भनेर हाम्रो प्रयास हो, विद्यार्थीले स्कुलमा गएर, कक्षामा बसेर मात्र पढ्न सक्छन् भन्ने मान्यतालाई बदल्न पनि अहिले कक्षा गरेका हौँ, प्रविधि र शिक्षकको पसिना मेहनत खर्च भएको हुन्छ, विद्यालय संचालनका धेरै अदृश्य लगानीहरु पनि हुन्छन् । त्यसको सीमित शुल्क मात्र लिएका हौँ,’ बृहस्पति विद्या सदनका प्रिन्सिपल थापा भन्छन् ।

बृहस्पति विद्यासदनले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क, सिर्जनशील गृहकार्य, ग्रुप वर्क, विद्यार्थीको निरन्तर मुल्यांकन र प्रोग्रेस रिपोर्ट लगायत विभिन्न गतिविधिहरु गरी वैकल्पिक शिक्षालाई अघि बढ़ाईरहेको छ। सदनकी शिक्षिका एवं मिडिया कोअडिनेटर डोल्मा लामा भन्छिन् ‘हामीले भाइबरबाट नोटिस गरी भिडियो मिटिङमार्फत् दैनिक ४० मिनेटको ४ वटा कक्षा वा ८० मिनेटको दुईवटा कक्षा लिइरहेका छौं ।’

प्रभावकारी वैकल्पिक शिक्षा

यता हाँडीगाँउस्थित सेन्ट जर्ज इन्टरनेसनल स्कुलले पनि विद्यार्थीहरूलाई अनलाइन क्लासमार्फत पढाइ रहेको छ । प्रिन्सिपल प्रल्हाद दाहाल भन्छन् ‘विद्यार्थीहरुले पनि सिक्ने सिकाउने प्रणालीबाट बाहिर बस्न नपरोस् भनेर अनलाइन कक्षालाई निरन्तरता दिइरहेका छौँ ।’

शिक्षा क्षेत्रमा पनि कोरोना भाइरसको दूरगामै असर पर्ने आङ्कलन गरेर सेसन ब्रेक रहेको अवस्थामा भए पनि शिक्षकहरूलाई अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गर्नका लागि अभ्यस्त गराइरहेको उनले जानकारी दिए ।

धुम्बाराहीस्थित युनिभर्सल स्कुलले पनि अनलाइन क्लास चलाइरहेको छ । परिस्थिति यस्तै रहे अनलाइनबाटै नतिजा पठाउने र पाठ्यक्रमअनुसार अनलाइन कोर्स गरिने तयारी रहेको  प्रिन्सिपल विजय खरेल बताउँछन् । 

उनले भने ‘हामीले पुरानो शैक्षिक सत्र को अनलाइनबाटै परीक्षा लिएर अर्को सत्र सुरु गरेका छौँ, यस्तै महामारी जारी रहेमा भर्चुअल माध्यमबाटै सबै शैक्षिक गतिविधि सक्नेछौँ ।’

शैक्षिक सत्र धकेलिँदै जाँदा पहिलेकै जसरी सम्पूर्ण पाठ्यवस्तुको पठनपाठन अब पूरा नहुन सक्ने अवस्था आउला कि भनेर आफूहरूले पहिल्यैदेखि प्रभावकारी रूपमा वैकल्पिक शिक्षा सञ्चालन गरिरहेको खरेल बताउँछन् ।

आफ्ना छोराछोरी घरमै बसेर अनलाइन कक्षा पढ्न पाउँदा अभिावकबहरु पनि दङ्ग देखिन्छन् । भर्चुअल माध्यमबाट भए पनि साथीभाइहरूसँग भेट्न पाउँदा विद्यार्थीहरू पनि फुरुङ्ग देखिन्छन् ।

प्रविधिको प्रयोगबाट घरबाट नै नयाँ कुरा सिक्न पाउँदा आफूलाई खुसी लागेको हाँडीगाउँका अभिभावक सरोज डङ्गोल बताउँछन् । उनी भन्छन् ‘जहाँ समस्या त्यहाँ उपाय भनेजस्तो कोरोनाले घरमै केटाकेटीलाई विद्यालय बनाएको छ, राम्रोसँग पढिरहेका छन् ।’

यो पनि