असोज ०६, २०८१, आइतबार
               

अनलाइन अध्ययनका लागि फ्रि वाइफाई राख्ने काठमाडौं महानगरपालिकाको तयारी

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइनबाट पढ्नका लागि ठाउँठाउँमा फ्री वाइफाई राख्ने तयारी गरेको छ । विद्यार्थीहरुको सिकाइ सहजीकरणको लागि महानगरपालिकाले नगरभित्रका ठाउँठाउँमा निःशुल्क इन्टरनेटको सुविधा दिन लागेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्यार्थीको लागि फ्री वाइफाई सेवा विस्तार गर्ने बारेमा तयारी थालेको जानकारी दिए । ‘कोरोना महामारीका कारण समयदेखि विद्यालय बन्द छन्,’उनले भने,‘अहिले वैकल्पिक माध्यमबाट पढाइ सुरु भएको छ । तर, कतिपय विद्यार्थी इन्टरनेटको पहुँचबाट बञ्चित छन् । उनीहरुको सहजताको लागि ठाउँठाउँमा फ्री वाइफाई राख्ने बारेमा छलफल भैरहेको छ । छिट्टै राख्ने टुंगोमा पुग्छौँ ।’

उनका अनुसार महानगरपालिका भित्रका ३२ वडाका विभिन्न आवश्यक ठाउँहरुमा फ्रि वाईफाइ राखिने छ । त्यहाँ गएर वा पायक पर्ने ठाउँबाट विद्यार्थी पढ्न सक्नेछन् । प्रवक्ता डंगोलले अहिले पनि सभागृह, धार्मिक स्थल लगायतका ठाउँहरुमा निःशुल्क फ्रि वाइफाई राखिएको बताए । उनले भने,‘यो संकटको बेलामा पनि विद्यार्थीको निरन्तर कसरी सिकाइलाई अगाडि बढाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रलाई बचाउन र सिकाइ सहजीकरण गर्न दूर तथा  खुला शिक्षालगायत प्रणालीलाई तत्कालका लागि सिकाइ सहजीकरणलाई प्रभावकारी र व्यवस्थित गर्न ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ समेत जारी गरिसकेको छ । यही आधारमा अहिले विद्यालयहरुले शिक्षण सिकाइलाई अगाडि बढाएका छन् ।
 

 


कस्तो लाग्यो ?

यो पनि