असोज ०६, २०८१, आइतबार
               

आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडाैं  । साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।

कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए ।

यस्तो छ रूट

तत्काललाई काठमाडाैं-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।

ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि