असोज ०६, २०८१, आइतबार
               

चीनले भन्यो ‘नेपालको भूमि अतिक्रमण गरेका छैनौँ’

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपालको भूमि अतिक्रमण नगरेको बताएको छ । नेपालसँग जोडिएको कुनै पनि क्षेत्रमा सीमा विवाद नभएको चीनले दाबी गरेको हो ।

साथै, चीनले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न पनि नेपालले सक्ने बताएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि चीनको तर्फबाट यो भनाई आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीमा सीमा विवाद छैन, दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’
 


कस्तो लाग्यो ?

यो पनि