असोज ०६, २०८१, आइतबार
               

तीन जिल्ला जोड्ने सडक विस्तार सुरु

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

बैतडी । तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य सुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम सुरु भएको हो ।  

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले रु सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो  ।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए । उनले भने, ‘तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने छ ।’ 

सो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ । डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्ने छ । सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

यस्तै डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको र यसै वर्षदेखि काम सुरु हुने वडाध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार संघीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिनेछ ।  


कस्तो लाग्यो ?

यो पनि