असोज ०६, २०८१, आइतबार
               

भारी मात्रामा गाँजासहित तीनजना समातिए

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । भारी मात्रामा गाँजासहित तीन जना समातिएका छन् । मकवानपुरको मनहरि गाउँपालिकाबाट १०४ किलो गाँजासहित तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार मनहरि–६ लोथर खोलाबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ का २६ वर्षीय रुप खड्का ठकुरी, ३० वर्षीय टलकबहादुर घलान र २७ वर्षीय मदन कोइराला रहेका छन् ।

 प्लास्टिकको बोरामा बोकेर लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।  यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि