असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः देशभर भारी वर्षा, सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार (आज) देशभर बिहानैदेखि ठूलो प्रभावबाट जनधनको क्षति हुने सम्भावना भएकाले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षा भइरहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि