जेठ ०६, २०८१, आइतबार
               

सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

सुनसरी । सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार गरिएको छ ।  आइतबार मोरङ रामधुनी नगरपालिका– ५ कि १७ वर्षीय किशोरीलाई उद्धार गरिएको हो । भारतको फारबिसगञ्ज क्षेत्रबाट नेपाल फर्कँदै गर्दा विराटनगर महानगरपालिका– १७ इस्लामपुरबाट किशोरीलाई उद्धार गरिएको बताइएको छ । 

आइतबार साँझ करिब ६ बजे साना हातनामक संस्थाको सहयोगमा प्रहरीले ती किशोरीलाई उद्धार गरेको हो ।

नलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आइतबार बिहान विराटनगर हुँदै तीनजनाको समूहले ती किशोरीलाई भारत लगिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि