काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) देशका विभिन्न स्थानमा सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।
सरुवा भएका प्रहरी निरीक्षकहरुको असोज महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको छ ।