बैशाख २४, २०८१, सोमबार
               

जिप दुर्घटना हुँदा दुई बालकको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जिप दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइवा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना. १ ज. ७१७५ नम्बरको बोलेरो जिप सोमबार दुर्घटना हुँदा उनीहरुको  घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
जिपचालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । 

यो पनि