जेठ ०४, २०८१, शुक्रबार
               

बारा र रौतहटको सीमामा झडप

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ ।

अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडप भएको हो । हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधीन पुल निर्माणले गति लिन सकेको छैन ।  

बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप  हुँदा दुबै तर्फका केही घाइते भएका छन् ।

झडपमा घाइते भएकाहरुको टाउको हात, खुट्टामा चोट लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि