असोज ०६, २०८१, आइतबार
               

राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्थाबारे अनुगमन गर्ने

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ । कोभिड– १९ को महामारीको समयमा कैदीबारे जानकारी लिनका लागि आयोगले अनुगमन सुरु भएको हो । 

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमन गर्ने बताइएको छ । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी हुने आयोगका सचिव वेद भट्टराई सहभागी हुनेछन् । 

कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएकोलगायत विषयमा आयोगले अनुगमन गर्ने बताइएको छ । 

यो पनि