बैशाख ३१, २०८१, सोमबार
               

टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।संसदको विकास तथा प्रविधि समितिले नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउन निर्देशन दिएको छ ।

आउँदो कात्तिक ७ गतेभित्र संसदको विकास तथा प्रविधि समितिले नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको हो ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायत पदाधिकारीसँग छलफलपश्चात् समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको छ । 

नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदै छ । 

नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ ।

यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।

समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो पनि