असोज ०६, २०८१, आइतबार
               

प्राकृतिक चिकित्सालयबाट ५०जना कोरोना मुक्त

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

भरतपुर महानगरपालिकाद्वारा सञ्चालित  प्राकृतिक चिकित्सालय आइसोलेसनबाट ५० जना कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भई घर फर्केका हुन्। 

गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा.हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत  छन् । 

चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ ।

बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । 

अन्य ती सय चार जना होमआइसोलेसन र २० जना वडाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । महानगरमा हालसम्म एक हजार एक जना सङ्क्रमित भइसकेका छन् । 

यो संख्या जिल्लामा एक हजार पाँच सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । तीमध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् । 

पूर्वीचितवनमा चारवटा नगरपालिकाले एकै ठाउँमा र माडी नगरनगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरकफरक ठाउँमा आइसोलेसन तयार गरेका छन् । 

लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेसन र घरमै राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि