असोज ०६, २०८१, आइतबार
               

पूर्वजानकारीविना विद्युत् अवरुद्ध भएमा तत्काल खबर गर्न अनुरोध

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  पूर्वजानकारीविना विद्युत् सेवा अवरुद्ध भएमा  माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध गरिएको छ । 

ऊर्जामन्त्री वर्षमान पुगका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमर्फत यस्तो अनुरोध गरेका हुन्  ।जसका लागि उनले फेसबुकफर्फत् ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर–११५१ मा वा स्वकीय सचिव रामकृष्ण पौडेल (९८५११०९८३५) लाई फोन गर्न अनुरोध गरेका छन् । 

ऊर्जामन्त्रीका स्वकीय सचिव रामकृष्ण पौडेले पूर्वजानकारी बेगर जथाभावी बत्ती काटेको भनी गुनासो आउने गरेकाले सेवाग्राहीको सहजीकरणका लागि प्रत्यक्ष सम्पर्क नम्बर उपलब्ध गराइएको बताए । 

सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटेको बताउँदै हाल लोडसेडिङ नभएको प्रस्ट्याएको छ । 

यो पनि