असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका केही जिल्लामा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको जनाएको छ । यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश  नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि