जेठ ०१, २०८१, मंगलबार
               

पुनर्निर्माणको अन्तिम चरणमा रानिपोखरी (फोटोसहित)

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौैं बीचमा अवस्थित रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।२०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्मा‌णका लागि शिलन्यास गरिएको सो पोखरी आगामी भाइटीकामा सर्वसाधारणका लागि खुलाउने तयारीस्वरुप अगाडि बढाइएको छ । 

उपत्यकाको  केन्द्रमा रहेको सो पोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएसँगै पुनर्निर्माणका लागि सो पोखरीको पानी सुकाइ त्यहाँका माछा कमलपोखरीमा सारिएको थियो । 

रानीपोखरीको पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेसँगै खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको छ । 

पानी भरेसँगै उजड देखिने पोखरी निकै मनमोह देखिएको छ । दैनिक भीडभाड हुने सो क्षेत्रमा मानिसहरु एकछिन उभिएर पोखरीलाई हेरेर टोलाउने गर्छन् । नौ फिट गहिरो र १८० मिटर लम्बाइ १४० मिटर चौडाइ  भएको पोखरीमा तीन करोड लिटर पानी अट्छ ।  उजाड ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको पोखरीमा पानी भरेसँगै  निकै आकर्षक देखिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी आगामी भाइटीकाबाट खुल्ला गर्ने गरी काम अघि बढाएको छ । १९९० सालमा गएको भूकम्पका कारण पोखरीको बीचमा रहेको मन्दिरको गजुर भत्किएको थियो । योसँगै जुद्धशमशेरले पोखरीको पुनर्निर्माण गरी फरक स्वरुप दिएका थिए ।  

पोखरीको इतिहास 

राजा प्रताप मल्लका माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात् शोकाकुल रानीलाई खुसी तुल्याउन सो पोखरीको निर्माण गरिएको थियो । प्रताप मल्लले सो पोखरी १६६५ निर्माण गरिएको हुन् । 

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक बनाइएको छ ।

रानीपोखरीको बीचमा रहेको यमलेश्वर (बालगोपालेश्वर)मन्दिर परम्परागत मान्यताअनुसार वर्षको एकदिन भाइटीकामा खुल्ने गर्दछ। यसदिन आफ्ना दिदीबहिनी नहुनेहरु सो मन्दिरमा गई  भाइटीका लगाउँछन् । 

निर्माणाधीन रानीपोखरीका तस्वीर

यो पनि