असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा धामीले बालिकालाई तातो पन्यूँले डामेपछि...

नेपाल फ्ल्यास
असोज ०४, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा १२ वर्षीया बालिकालाई धामीले तातो पन्यूँले डामेका छन् । झारफुक गर्ने क्रममा बालिकालाई धामीले तातो पन्यूँले डामेका हुन् ।

कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन् । 

पन्यूँले घाँटीमा डामिएकी ती बालिकाको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । असोज १ गते झारफुक गर्ने क्रममा बालिकालाई धामीले पन्यूँले डामेको प्रहरीले जानकारी दिएको छ । 

२६ वर्षीय धामी किशोर शाहीलाई आइतबार पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए ।


कस्तो लाग्यो ?

यो पनि