असोज ०६, २०८१, आइतबार
               

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिम परीक्षा अनलाइनबाट सञ्चालन गर्ने

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिम परीक्षा अनलाइनबाट सञ्चालन गर्ने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा अनलाइनमाध्यमबाटै गर्ने भएको हो ।

पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौँ सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । उल्लेखित परीक्षा असोज १७ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने सो विश्ववद्यालयले जानकारी दिएको छ । 

यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनमाध्यमबाटै मिड ट्रम (सेमेस्टरको बीचमा लिइने) परीक्षा गरेको थियो । विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ ।

विद्यार्थीलाई परीक्षा अवधि आठ घन्टा तोकिएको छ । बिहान आठ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ चार बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ । परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखी पिडिएफ फाइल बनाएर इमेल गर्नुपर्नेछ ।

यो पनि