भदौ २३, २०८१, आइतबार
               

आन्तरिक हवाई उडानमा अब भाडा नबढ्ने

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्तरिक हवाई सेवामा अब भाडा नबढ्ने भएको छ । वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सरकारले अनुमति दिएसँगै आन्तरिक हवाई उडानमा भाडा नबढ्न् भएको हो । 

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको भन्दै पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने बताइएको छ । 

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक  हवाई उडान गर्नुपर्ने छ । यसका अलवा अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यस्तो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्छ । यात्राका क्रममा सबै यात्रुले मास्क लगाउनु पर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि