असोज ०६, २०८१, आइतबार
               

त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक आए सम्पर्कमा

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आएका छन् । आइतबार बिहान पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेसँगै सम्पर्कविच्छेद भएका उनीहरु सम्पर्कमा आएका हुन् । 

प्रहरीका अनुसार दुर्घटित ट्यांकरका चालक हेटौंडाका ३२ वर्षीय  सुदीप बोहरा र सहचालक मनीष नगरकोटी  हुन् । उनीहरु आफैँ सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । 

चालक र सचालकल गाडीको स्टेरिङ अड्किएकाले दुर्घटना हुन पुगेको हो । आफुहरुले हाम्फालेर ज्यान जोगाएको उनीहरुको भनाइ छ । 

दुर्घटनापछि ट्याङकरमा आगलागी भएको थियो, दमकलको सहायताले आगो निभाएको उनले बताए। एसपी रेग्मीका अनुसार हाल ट्याङ्करलाई त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको छ।

यो पनि