असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः देशभर सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहानैदेखि देशभर मौसमको प्रभाव पर्ने भएकाले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि