असोज ०६, २०८१, आइतबार
               

सुतेकै ठाउँमा तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा गएराति घरमा सुतिरहेका बेला तीन जनालाई विषालु सर्पले डसेको थियो ।

बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भीर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि