चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।
पहिरो झरेर अवरुद्ध भएको सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज बिहान करिब ५:४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो ।
चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसेको छ ।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दैनिकजसो अबरुद्ध हुँदै आएको छ ।