बैशाख २४, २०८१, सोमबार
               

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्न रोकीएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारीसाधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार राती देखि पटकपटक पहिरो खस्दै आएको छ ।

यो पनि