बैशाख २१, २०८१, शुक्रबार
               

सर्लाहीमा गोली हानी दुई जनाबाट नगद लुटपाट

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

सर्लाही । बुधबार सर्लाही जिल्लामा गोली हानेर दुई जनाबाट नगद लुटपाट भएको छ । जिल्लाको चक्रघट्टामा गोली हानेर नगद लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कविलासी नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय सुरेन्द्र चौधरी र १९ वर्षीय प्रमोद कुमार यादवको नगद लुटिएको प्रहरीले जनाएको छ । चक्रघट्टामा रहेको एक बैंकमा रकम जम्मा गर्न जाँदा चक्रघट्टा– ५, स्थित चक्रघट्टाबाट बिनग्रातर्फ आउने सडक खण्डको सुनसान ठाउँमा उनीहरुको साथमा रहेको रकम लुटिएको थियो ।

सडकमा जाँदै गर्दा आफूभन्दा अघि लागेको एउटा मोटरसाइकल सय मिटर अघि पुगेर फर्किएको र त्यसैमा सवार व्यक्तिहरूले आफूहरुसँग भएको नगद लुटेको सुरेन्द्र चौधरीले जानकारी दिए ‌।

रकम लुट्न उनलाई कटुवा पेस्तोलबाट गोली प्रहार गर्दा तिघ्रामा चोट लागेर घाइते समेत भएका छन् । उनको अहिले जिल्ला अस्पताल मलंगवामा उनको उपचार भइरहेका प्रहरीको भनाइ छ । चौधरीसँगै रहेका अर्का प्रमोद कुमार यादवले पनि आफ्नो ४० हजार रुपैयाँ लुटिएको बताएका छन् ‌। 


कस्तो लाग्यो ?

यो पनि