बैशाख २५, २०८१, मंगलबार
               

नारायणीमा डुंगा पल्टियो : एकजना बेपत्ता, ६ जना पौडिएर ज्यान जोगाए

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

परासी । नारायणी नदीमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । बुधबार ईटा लोड गरे जाँदै गरेको डुंगामा सात जना सवार थिए । अन्य ६ जना भने पौडिएर बाँच्न सफल भएका छन् । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा जनता आवास कार्यक्रम अन्तरगत घरहरु निर्माण भइरहेका छन् । 

सोही घर निर्माणका लागि पक्लिहवाबाट ल्याएको ईटा लोड गरेर लैजाने क्रममा बीच नदीमा डुंगा डुब्दा घटना भएको स्थानीय रविन्द्र जयसवालले बताए ।

डुंगामा करिब १४ सय ईटा लोड गरिएको थियो । पुल निर्माणका क्रममा नदीमा बनाइएको पिलर नजिक परेको पानीको भूँमरीमा गडेर डुंगा पल्टिएको रामनगर प्रहरी चौकीका सहायक निरीक्षक जनक थापाले बताए । 

बेपत्ता हुने घर निर्माणका लागि आएका भारतीय मजदुर हुन् । उनको खोजी कार्य भइरहेको थापाले बताए ।  

नारायणी नदीमा पुल नहुँदा सुस्ताका स्थानीयहरु जोखिम मोलेर डुंगाबाट आवतजावत गर्दछन् । 

डुंगा चल्न नसक्ने अवस्थामा दैनिक किनमेल र अन्य कामका लागि स्थानीयहरुलाई आफ्नै देश आउन भारतीय बाटो हुँदै आउनु पर्ने बाध्यता छ ।


कस्तो लाग्यो ?

यो पनि