जेठ ०६, २०८१, आइतबार
               

बहराइनका राजकुमार हिमाल चढ्न काठमाडौं आइपुगे

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल नेपाल आइपुगेका छन् ।

खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहणका लागि उनी १८ जनाको टोलीसिहत बुधबार नेपाल आएका हुन्। उनी बहराइनको विशेष विमानमर्फत आएका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेका हुन् । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

एक स्रोतका अनुसार उनीहरु ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने  र  त्यसपश्चात् काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जाने  र त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा जाने कार्यतालिका छ ।

यो पनि