जेठ ०६, २०८१, आइतबार
               

कलंकी–नागढुंगा सडकखण्ड मर्मत सुरु

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

गत वर्ष निर्माण सम्पन्न भएको कलंकी–त्रिपुरेश्वर–नागढुंगा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । 

त्रिपुरेश्वरदेखि कलंकीसम्मको मर्मत भइसकेकाले कलंकीदेखि नागढुंगा खण्डमा मर्मत भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ, प्रमुख अधिकारीले भने, यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।

यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो । 

उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापण्डानुसार चौडाइ कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाइ कायम भएका स्थानमा मात्रै आयोजनाले दुवैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाइ कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ । 

यो पनि