बैशाख २४, २०८१, सोमबार
               

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

निरन्तर वर्षापछि पहाडबाट सडकमा लेदो (पहिरो) झरेर सडक अवरुद्ध भएको हो । 

सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

आज (बुधबार) बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकको लेदो हटाउन डोजर पुगे पनि पानी परिरहेका कारण लेदो हटाउन समस्या भएको तामाङले बताए । 

पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने उनले बताए ।

यो पनि